एजेन्सी । रियल मड्रिडका स्ट्राइकर करिम बेन्जिमा सन् २०२२ सम्म रियल मड्रिडमा रहने भएका छन् । बेन्जिमाले क्लबसँगको सम्झौतामा थप एक वर्ष नवीकरण गरेका हुन् ।
बेन्जिमाको रियलसँगको सम्झौता सन् २०२१ सम्म रहेको छ । तर, बेन्जिमाले सम्झौता सकिनु अघि नै सम्झौतामा नवीकरण गरेका हुन् ।
सम्झौता नवीकरणसँगै बेन्जिमामा तलबमा समेत वृद्धि भएको स्पेनिस पत्रिका मार्काले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया