३ वर्षीय छोरी समेत छाडेनन् बाबुले, आमा दाउरा खोज्न गएको बेला बलात्कारपछि हत्या !

काठमाडौं । समाज अब समाज रहेन । अनि चेतनशील प्राणिको दर्जामा रहेको मानव पनि अब मानव रहेन । यो कुरा गर्दै गर्दा तपाइको मनमा प्रश्न उब्जिएला । ‘किन’ ? तपाईको किन भन्ने प्रश्नको जवाफ पाइला पाइलामा भेटिन्छन् । हाडनाता बलात्कार हामीले समाचारहरुमा सुन्दै आइरहेका छौँ । हिजोआज बलात्कारको समाचार नआएको सायदै दिन नै छैन । मान्छे आफू मान्छे भएको नै बिर्सिसक्यो ।

हो, कन्चनपुरमा एउटा दर्दनाक घटना भएको छ । आफ्नै बाबुले ३ वर्षीय छोरीको बलात्कारपछि हत्या गरगरेका छन् । कन्चनपुरको भीमदत्त नगरपालिका १८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या निर्मम हत्या गरिएको छ । बालिकाको करणी गरी हत्या गर्ने अरु कोहि नभएर सौतेलो बावु ३० वर्षीय इन्द्र चुनारा रहेका छन् ।

इन्द्रले बालिकाकी आमा ललिता चुनारा दाउरा खोज्न जंगल गएको मौका छोपी ३ वर्षीय बालिकामाथि बलात्कार गरेका थिए । ललिता घरमा फर्किदा छोरी अचेत अवस्थामा भेटिएकी थिइन् ।

श्रीमानले नै छोरीलाई बलात्कार गरेर मारेको आफूले प्रत्यक्ष देखेको ललिताले प्रहरीसमक्ष किटानी जाहेरी दिएकी छिन् । बालिकाकी आमा ललिताले तीन महिना अघि मात्रै इन्द्र चुनारासँग बिहे गरेकी थिइन् ।

प्रहरीका अनुसार अचेत अवस्थामा भेटिएकी बालिकालाई महाकाली अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका हुन् । शव परीक्षणका लागि अस्पतालमा राखिएको र घटनामा संलग्न चुनारालाई हिरासतमा लिएर अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

“बालिकाकी आमा सालघारीको पार्कमा दाउरा लिन गएको समयमा निजले बालिकालाई बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेको छ ।” अनुसन्धानमा खटिएका एक प्रहरीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?