काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा आधिकारिक कर्मचारी युनियनका अध्यक्ष श्रवणकुमार यादवले आफुहरुको भक्ता काट्नेको हात काट्ने चेतावनी दिएका छन् ।
प्राधिकरणको वार्षिकोत्सव कार्यक्रममा मंगलबार बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईकै अगाडि यादवले त्यस्तो बताएका हुन् ।
उनले संस्थालाईसमेत कुनै हातमा टुक्रिन नदिने बताएका छन् । उनले भने– संस्थालाई टुक्र्याएर भारतकै जस्तो बनाउन खोजिएको छ । तर, भारतको भन्दा हामि धेरै सुरक्षित छौँ ।
उनले मन्त्री पनि दुई तिहाइको र आफू पनि दुई तिहाइको भएको दावी गरे । यादवले मन्त्रीले प्राधिकरणलाई विभाजन गर्न तयारी गरेको आरोप लगाउँदै त्यस्तो कुनै पनि हातमा हुन नदिने बताए ।
संस्था टुक्र्याएर रातारात सुरक्षित भइन्छ भन्ने ग्यारेन्टी के छ ? चिनियाँ जहाज ल्याएपछि युरोपेली संघ (इयु)ले कालोसूचीमा राखेको छ । संस्था विभाजन गर्दा इयूले कालोसूचीबाट हटाउँछ भन्ने के ग्यारेन्टी छ ? उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया