धितोपत्र बोर्डको अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिश

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष को बन्ने भन्ने कुराको यतिखेर चर्चा चलेको छ । जस अनुसार बोर्डको अध्यक्ष छनोटको अन्तिम तयारी स्वरुप ३ जनाको नाम सिफारिसमा परेका छन् । जस अनुसार निरज गिरी, डा. केशवप्रसाद श्रेष्ठ तथा भीष्मराज ढुङ्गाना रहेका छन्। तीनै जना बिभिन्न क्षेत्रमा आवद्ध रहेका छन् । सिफारिसमा परेका मध्ये गिरी बोर्ड कै कार्यकारी निर्देशक हुन्, ढुङ्गाना नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा श्रेष्ठ भने आइएनजीकर्मी हुन् ।

बोर्डको अध्यक्ष पदका लागि आठ जना नाम चर्चामा रहेको थियो । अर्थमन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा अर्थमन्त्रालयका राजश्व सचिव शिविरकुमार ढुंगाना र आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्य सदस्य रहेको छनोट समिति बनाएको थियो ।

तर अध्यक्ष सिफारिस गर्न बनेको उक्त समितिले पाँच जनाको नाम पठाएको थियो । तर उक्त पाँच जनाबाट अध्यक्ष बन्न अन्तिम तीन जनाको नाम प्रक्रियामा पठाएको समितीले जनाएको छ । साथै ती तीन जनाबाट एक जना मन्त्रिपरिषदले छनोट गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?