अष्ट्रेलियामा आगलागीले विकराल रुप लिएपछि…

एजेन्सी । अष्ट्रेलियाका फैलिएको आगलागी अनियन्त्रित बन्दै गएपछि मानिसहरु समुन्द्री किनारमा अस्थायी बासस्थान बनाउन थालेका छन् ।

आगलागीबाट सबैभन्दा प्रभावित मालाकुटाका बासिन्दाहरु मंगलबार समुन्द्री किनारतिर लागेका थिए । मानिसहरु आगलागीका कारण राताम्य आकासबाट आतङ्कित भइरहेका छन् । डरका कारण मालाकूटाका मानिसहरु समुन्द्री किनारमा क्याम्प लगाउन थालेका छन् । केहीले डुगां जोहो गरिरहेका छन् ।

अष्ट्रेलिया महादेशमा ठूल–ठूला झाडीमा प्रत्येक वर्षजस्ता आगजनी हुने गरेकोमा यो वर्ष आगलागीले विकराल रुप लिएको छ । सिड्नी र मेलबर्नबीचका कैयौं बिदा मनाउने क्षेत्रहरु आगलागीका कारण बाँकी भूभागबाट कटेका छन् । न्यु साउथ वेल्सको ब्याटेम्यान्सदेखि भिक्टोरियाको बर्नडेलबीबीच ५०० किमीको विस्तारमा आगो लागेको छ ।

भिक्टोरिया राज्यका प्रमुख ड्यानियल एन्ड्रयुले आगलागी कारण बाँकी हिस्साबाट कटेका बासिन्दाहरुका लागि नौसेनाले खाना, पानी तथा उर्जा पु–याउने बताएका छन् ।
‘बाँकी क्षेत्रबाट कटेका समुदायसम्म समुन्द्रबाट पुग्न सकिन्छ, हामीले त्यो मार्गलाई पनि उपयोग गर्नेछौं ,’ ड्यानियले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?