काठमाडौं । नविल बैंक लिमिटेडले नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले आगामी पौष २२ गते आफ्नो ४५औँ वार्षिक साधारण सभा गर्न लागेको छ । उक्त साधारण सभा मार्फत बैंकले गत वर्षको नाफाबाट प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित २२ प्रतिशत नगद लाभांश पारित गर्ने विशेष प्रस्ताव रहेको बैंकले जनाएको छ ।
हालको अवस्थामा नविल बैंकको चुक्ता पुँजी ९ अर्ब १ करोड १८ लाख ४५ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि भने बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड ३२ लाख ६६ हजार ४०० रुपैयाँ पुग्नेछ । बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासम्म आइपुग्दा १ अर्ब १२ करोड ३५ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया