काठमाडौं । आज गुरुङ्ग समुदायले धुमधामका साथ तमु ल्होसार (नयाँ वर्ष) मनाउँदै छन् । गुरुङ्ग समुदायले मनाउने नयाँ वर्षलाई तमु लोसार भनिन्छ ।
आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । गुरुङ्ग समूदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् ।
आजबाट शुरु हुने ल्होसारको प्रत्येक पल शुद्ध र धार्मिक हुने जनविश्वास रहेको छ । विभिन्न मन्त्रहरु लेखिएका अनि विभिन्न रगंका तोरण, झन्डाहरु घर, डाँडा या वौद्ध विहारमा झुण्ड्याई नयाँ वर्षको स्वागत गर्दछन् ।
परम्परागत बाजागाजा, झाँकी अनि परम्परागत पहिचान सहित खानपिनमा नयाँ परिकार बनाई तमु संस्कृतिको परिचय समेटिएका गतिविधि नेपाल अनि विदेशका विभिन्न सार्वजनिक स्थलहरुमा देख्न सकिन्छ । टुँडिखेलमा आज राष्ट्रपति विद्यादेवी भण्डारीमो उपस्थितिमा भव्यताका साथ ल्होसार मनाइयो ।
तमु ल्होसारको अवसरमा टुडिखेलमा जे देखियो :
तस्वीर : बिप्लव जमकटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया