नयाँ वर्षलाई लक्षित गरि सानिमा बैंकले ल्यायो यस्तो अफर

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो ग्राहकहरुका लागि नयाँ योजना ल्याएको छ । बैंकले नयाँ वर्ष २०२० को उपलक्ष्यमा विशेष योजनासहित छुटको व्यवस्था गरेको हो ।

उक्त योजना अन्तर्गत बैंकले आफ्ना नयॉ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागि उक्त योजना ल्याएको जनाएको छ । सो योजना अनुसार ग्राहकहरुले डेबिट कार्ड तथा मोबाइल बैंकिङ लगायतका डिजिटल बैंकिङ सेवाहरुमा जारी शुल्क नलाग्ने बैंकले जनाएको छ ।

उक्त योजना ३१ डिसेम्बर २०१९ देखि २ जनवरी २०२० सम्मका लागि लागू हुने बैंकले जनाएको छ । साथै, ग्राहकहरुले दुवै सुविधा एकैसाथ उपभोग गर्दा १०० रुपैयाँको नेपाल टेलिकम वा एनसेलको टपअप पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?