एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपीएल) को १३ औँ संस्करणमा सबै भन्दा महंगा खेलाडि पेट कमिन्स कोलकता नाइट राइडर्सबाट खेल्दै छन् । उनी तीब्र गतिका अष्ट्रेलीयन बलर हुन् । तर कमिन्सको यो कुराको बारेमा सायदैलाई थाहा होला ।
उनको बायाँ हातको एक औँला काटिएको छ । औँला काटिएका कमिन्स अहिले आईसीसी टेस्ट र्यांकिङमा पहिलो नम्बरमा छन् ।
तीब्र गतिका बलर कमिन्स १५० किलोमिटर प्रतिघण्टाको रफ्तारमा बलिङ गर्छन् । २६ वर्षका उनले औँला काटिएको भए पनि १५० किलोमिटर प्रति घण्टाको रफ्तारमा बलिङ गर्न सक्नु नै सबैभन्दा ठूलो खुबी हो । उनको बायाँ हातको एउटा औँला दिदी का कारण काटिएको थियो ।
कमिन्स ३ वर्षको हुँदा उनको र दिदीको झगडा परेको थियो । झगडा पर्दा दिदिले कोठामा बन्द गर्ने भन्दै ढोका लगाईदिइन् । तर पछि-पछि आइरहेका कमिन्सको औँला ढोकामा पर्याे र काटियो ।
उनले ३३ टेष्ट क्रिकेटमा २८ गेममा १३४ विकेट लिइसकेका छन् । उनले २०१९ को वनडेमा उनले अहिलेसम्म ९६ विकेट लिएका छन् । उनलाई २०२० को आाईपीएलमा कोलकताले भारतीय १५ करोड ५० लाखमा किनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया