काठमाडौं । उखु किसानलाई भुक्तानी नदिने उद्योगीलाई तत्काल सम्पर्कमा ल्याउन गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।
गृह मन्त्रालयले किसानलाई उखुको रकम भुक्तानी नदिने उखु उद्योगीलाई खोजी गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा जिम्मा लगाउन पत्राचार गरेको हो ।
उखु किसान माइतीघरमा दैनिक प्रदर्शनमा छन् । गृहले उद्योगीले उखु किसानलाई कति भुक्तानीका विषयमा छलफल गर्न पनि उपस्थित गराउन पत्राचार गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया