५ महिनापछि नदीमा डुुब्ने विश्वकै अनौठो होटल !

एजेन्सी । मानिसको मष्तिष्कमा बिभिन्न कुराहरुले जन्म लिन्छ । तिनै कुराहरुको माध्यामबाट मानिसहरुले आ-आफ्नो कला देखाउने गर्छन् । कलाकृतिहरु देखेर हामी आफैँ पनि वाह भन्न बाध्य हुन्छौँ ।

हामी यस्ता कलाकृतिहरुलाई वाह यसकारण भन्छौँ, किनभने ति कलाकृतिहरु अन्य भन्दा फरक हुन्छन् । हामी ति कलाहरुलाई देखेर पक्कै पनि यो कसरी बन्यो होला भन्ने सोच्ने गर्छौँ ।

त्यस्तै अनौठो होटलको बारेमा हामी आज जानकारी दिँदैछौँ । यो होटल जाडो याममा बनाइएको होटल हो । जो पाँच महिना पछि नदीमा डुब्छ । सन् १९८९ मा यो होटल पहिलो पटक बनेको थियो । र अहिलेसम्म पनि मात्र पाँच महिनाको लागि निर्माण गरिन्छ । यो होटल बरफले बनाइएको छ । जो जाडो यामका ५ महिनाको लागि मात्र सञ्चालन हुन्छ ।

अहिले यो होटलकोे ३० औँ एनिभर्सरी मनाईएको छ । यो होटल विश्वकै एउटा अनौठो होटल हो । यो होटलको भित्र राम्रा राम्रा कोठाहरु बनाइएको छ ।

जसलाई हेर्नको लागि र होटलमा बस्नको लागि विश्वभरिकै मानिसहरु जाने गर्छन् । होटेलका संस्थापक यंगवे बर्गक्विस्टले यो होटल १६ देशका ३३ आर्टिस्टहरु लगाएर निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?