प्रसादका रुपमा भक्तलाई चाउचाउ बाँड्ने मन्दिर

एजेन्सी । संसारमा यस्ता धेरै मन्दिरहरु छन् जो प्रसादका रुपमा बिभिन्न सामान चढाइने गरिन्छ । भारतको पश्चिम बंगालमा काली माताको मन्दिर छ । बंगालमा माता कालीको आराधाना बिभिन्न प्रकारले गर्ने गरिन्छ । तर यहाँको एउटा मन्दिर सबैभन्दा फरक छ ।

यो मन्दिरको नाम चाईनीज काली मन्दिर हो । यो मन्दिरमा हिन्दुका साथसाथै चीनका बौद्ध धर्मावलम्बीहरु विशेष आराधना गर्ने गर्छन् । यो मन्दिरको अनौठो कुरा भनेको प्रसादको रुपमा भक्तलाई चाउचाउ दिने गरिन्छ ।

यो मन्दिर पश्चिम बंगालको टेंगरा नामक इलाकामा रहेको छ । यो चाइनजि काली मन्दिरको इतिहास ६० वर्ष पुरानो छ । यहाँ ६० वर्ष पहिले कसैले दुई काला शालीग्राम रुखको मुनि राखेर सिन्दूर लगाएर पूजा गर्ने गरेको इतिहास छ ।

यो मन्दिर भएको क्षेत्रलाई चाइनाटाउन भन्ने गरिन्छ । यो ठाउँमा धेरैजसो चाइनीजहरु बस्ने गर्छन् । मन्दिरमा आउने भक्तहरुले मन्दिर परिसरमा हातले कागज जलाउँछन् । यस्तो गर्दा भड्केका आत्माहरु टाढा जाने विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?