खेल क्षेत्रको स्वर्ण वर्ष : फ्ल्यास ब्याक टु २०१९

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को औपचारिक उद्घाटन गत डिसेम्बर १ मा काठमाडौंको दशरथ रंगशालामा भएको थियो ।

दक्षिण एसियाली खेलकुदको सबैभन्दा ठुलो खेल महोत्सवमा १५ हजार जनाको प्रस्तुति रहेको थियो भने राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य समारोहकाबीच सागको उद्घाटन गरेकी थिईन् ।

नेपालका मुख्य तीन शहरमा सञ्चालन भएको दक्षिण एसियाकै सबै भन्दा ठुलो खेल महोत्सवमा दक्षिण एसियाका ७ राष्ट्रले विभिन्न २६ खेलमा सहभागीता जनाएका छन् । आयोजक नेपाल सहित भुटान, भारत, माल्दिभ्स, बंगलादेश, पाकिस्तान र श्रीलंकाले सागमा प्रतिस्पर्धा गरेका थिए ।

दक्षिण एसियाली राष्ट्रलाई खेलकुदको माध्यमबाट जोड्ने उद्वेश्यले सन् १९८४ मा सागको सुरुवात नेपालबाट भएको थियो । सन् १९९९ मा सागको दोस्रो पटक आयोजना गरेको थियो । नेपालले तेस्रो पटक यो प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा कुल ३ सय २४ स्वर्ण सहित १ हजार १ सय ३५ पदकका लागि प्रतिस्पर्धा भएको थियो । १३ औं सागमा ५१ स्वर्ण लगायत २ सय ६ कुल पदक जितेर नेपालले खेल क्षेत्रमा निकै अगाडी बढिसकेको स्पष्ट प्रमाण पेश गर्न सफल भएको छ ।

नेपालले सागको ईतिहासमा सबैभन्दा धेरै स्वर्ण पदक १३ औं सागमा जित्न सफल भएको हो । पछिल्लो पटक घरेलु भुमिमा भएको आठौं सागमा नेपालले ३१ वटा स्वर्ण पदक जितेको थियो ।

नेपाल दक्षिण एसियामा मार्शल आर्टका बिधा र फुटबलमा मात्र बलियो छाप छोडेको नेपालले १३ औं सागमा एथ्लेटिक्स, भारत्तोलन, साईकिलिङ, पौडीबाट समेत १३ स्वर्ण पदक जितेर श्रीलंका, भारत, पाकिस्तान र बंगलादेश जस्ता देशलाई अचम्मित पार्न सफल भएको छ ।

गौरिका सिंह सर्वाधिक सफल खेलाडी बन्न सफल :

तेह्रौँ सागमा पौडीबाज गौरिका सिंह सर्वाधिक सफल खेलाडी बनिन् । उनले सागको एउटै संस्करणमा चार वटा स्वर्णपदक जित्दै नयाँ कीर्तिमान कायम गरिन । यस्तै करातेका मण्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले एउटै संस्करणमा दुई स्वर्ण जित्ने कीर्तिमान बनाए ।

फुटबल : नेपाली फुटबल टोलीले सागमा स्वर्ण पदक जित्दा राष्ट्रिय टोलीका केही महत्वपूर्ण सदस्य भने मैदान बाहिर बस्न बाध्य बने । आफ्नो व्यक्तिगत चरित्रका कारण उनीहरु खेलमा सहभागी हुन पाएनन् । कतारमा सन् २००२ मा आयोजना हुने विश्वकप फुटबल छनोटअन्तर्गत भूटानमा हुने कुवेतविरुद्धको होम खेलअघि राष्ट्रिय टोलीका चार सदस्यीय खेलाडी ठमेलको नाइट क्लबमा गएर मदिरा सेवन गरेको पाइएपछि अखिल नेपाल फुबटल सङ्घ (एन्फा) ले तत्काल राष्ट्रिय टोलीबाट हटाएको खबरले निकै चर्चा पाएको थियो ।

कात्तिकमा ठमेलका विभिन्न क्लबमा भेटिएका विमल घर्तीमगर, अन्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई अनुशासनहीन काम गरेको भन्दै नेपाली राष्ट्रिय टोलीबाट हटाएको थियो । चारै जना खेलाडी कुवेतविरुद्धको खेलका लागि भूटान उड्ने अघिल्लो दिन ठमेलका विभिन्न क्लबमा गएका थिए । जसका कारण भूटानविरुद्धको खेल त गुमाए गुमाए सँगसँगै घरेलु मैदानमा २० वर्षपछि आयोजना भएको १३ औँ सागमा पनि सहभागिता जनाउन पाएनन् ।

महिला भलिबलमा ऐतिहासिक सफलता :

बङ्गलादेशाको ढाकामा सम्पन्न प्रथम एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगितामा नेपालले ऐतिहासिक नतिजा ल्यायो । फाइनल खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै ऐतिहासिक उपाधि हात पा-यो ।

यसअअघि नेपालले कहिले पनि अन्तरराष्ट्रियस्तरको प्रतियोगितामा उपाधि जित्न सकेको थिएन । त्यसअघि सन् २०१४ मा काठमाडौँमा आयोजना भएको दक्षिण एशियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा नेपालले रजत जितेको थियो ।

नेपाली महिला भलिबल टोलीले सन् १९९९ मा पहिलो पटक अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी जनाएको थियो । १३ औँ सागमा पनि नेपालले रजत पदक जित्दै सागमा एतिहासिक सफलता हासिल ग-यो । महिला भलिबलले अन्तरराष्ट्रिय सहभागिता जनाउन थालेको २० वर्षपछि उपाधि जित्दा पनि पुरुष भलिबल टोली भने अहिलेसम्म उपाधिविहीन छ ।

नेपालबाट स्वर्ण जित्ने खेलाडीको नामावली :

कराँते :

मण्डेकाजी श्रेष्ठ (एकल काता)

मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर (टिम काता, पुरुष )

निर्मला तामाङ, संगिता मगर, सरु कार्की (टिम काता ,महिला)

लक्ष्मण तामाङ (५५ केजी कुमुते)

विप्लवलाल श्रेष्ठ (८४ केजीमाथि)

कुसुम खड्का (४५ केजी मुनी)

अनु अधिकारी (५० केजी मूनि)

नवीन रसाइली (६७ केजी)

सुनिता महर्जन (६८ केजी)

अनुपमा मगर (६८ केजी)

तेक्वान्दो :

कमल श्रेष्ठ (२३–२९ वर्ष पुम्से)

सिना मादेन लिम्बु (१७ –२३ वर्ष पुम्से)

पार्वती गुरुङ (२३ –२९ वर्ष पुम्से)

आयशा शाक्य (२९ वर्ष माथि पुम्से)

आयशा शाक्य र सञ्जिकुमार पाण्डे (२९ वर्ष माथि पुम्से)

निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना (महिला टिम १७–२३ वर्ष टिम पुम्से)

निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई (महिला टिम २३–२९ वर्ष टिम पुम्से)

काजल श्रेष्ठ (४६ केजी मुनि गेरुगी)

वीरबहादुर महरा (६८ केजी मुनि गेरुगी)

संगीता बस्याल (६२ केजी मुनि गेरुगी)

सक्षम कार्की (८७ केजी गेरुगी)

भुपेन श्रेष्ठ (८७ गेरुगी)

ट्रायथलन :

सोनी गुरुङ

हिमाल टमाटा

उसु :

विजय सिन्जाली (थाउलो)

सुस्मिता तामाङ (थाउलो)

दीपक हमाल (थाउलो)

निमा घर्तीमगर (थाउलो-नान्दौ)

जुनी राई (सान्डा सान्सो)

एथलेटिक्स :

सन्तोषी श्रेष्ठ (१० हजार मिटर)
गोपीचन्द्र पार्की (५ हजार मिटर)
किरण सिंह बोगटी (म्याराथन)

साइक्लिङ:

राजेश मगर (डाउनहिल)

निश्मा श्रेष्ठ (डाउनहिल)

लक्ष्मी मगर (क्रस कन्ट्री)

वुद्धि बहादुर तामाङ (क्रस कन्ट्री)

बक्सिङ :

सनिल शाही (पुरुष ६० केजी)
मिनु गुरुङ (महिला ४८ केजी)
भुपेन्द्र थापा मगर (पुरुष ६४ केजी)

पौडी : 

गौरिका सिंह (२ सय मिटर फ्रिस्टाइल)
गौरिका सिंह (४ सय मिटर फ्रिस्टाइल)
गौरिका सिंह (२ सय मिटर ब्याकस्ट्रोक)
गय्रिका (१०० मिटर फ्रिस्टाइल)

भारोतोलन :

सन्जु चौधरी (५९ केजी)

विकास थापा (पुरुष ८९ केजी तौल)

जुडो :

पुनम श्रेष्ठ (महिला ७८ केजीमुनि)
देविका खड्का (महिला ५२ केजी मुनि)

गल्फ :

सुवास तामाङ (पुरुष एकल)
सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की,निरज तामाङ (पुरुष टिम इभेन्ट्स)

कुस्ती :

संगीता धामी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?