भारतले वार्ता गर्न चासो नदिएको परराष्ट्रमन्त्रीको स्वीकार

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवादमा छलफल गर्न नेपालले पठाएको मितिमा भारतले चासो नदिएपछि पुनः मिति तोकेर पत्र पठाएको बताउनुभएको छ ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको मंगलबारको बैठकमा छलफलका लागि नयाँ मिति तोकेर दोस्रो पत्र पठाएको जानकारी दिनुभएको हो । उहाँले भारतले दोस्रो पत्रको जवाफ पठाइ नसकेको समेत बताउनु भएको छ । सीमा सम्बन्धी समस्या समाधान गर्न पहिलो पटक ठाउँ र मिति तोकेर मंसिर ६ गते पत्र पठाएकोमा भारतले पुष ३ गते समस्यालाई स्वीकार गर्दै नेपालले प्रस्ताव गरेको मिति अनुकुल नभएको जानकारी पत्र मार्फत गराएको उहाँले बताउनुभयो । उहाँले फेरी अर्को मिति तोकेर पठाएको र दुवै देशका पदाधिकारीहरुको बैठक बस्ने मितिको पर्खाइमा सरकार रहेको बताउनुभयो ।
उहाँले गत कात्तिक २९ गते बसेको नेपाल भारत संयुक्त आयोगको बैठकले नेपाल भारत सीमा निरिक्षण समिति गठन गरेको र त्यसले काम सुरु गरिसकेको समेत जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?