पाँचथरमा महिनावारी प्रतिको अन्धविश्वास हटाउन ‘मिन्सुरेसन मेला’

पाँचथर । पाँचथरमा महिनावारी प्रतिको अनबिज्ञतालाई हटाउने उद्येश्यका साथ एक दिने मिन्सुरेसन मेला आयोजना गरीने भएको छ । परिवर्तनको सुरुवात नामक संस्थाको आयोजनामा मेलाको तयारी भएको हो ।

पाँचथरको सदमुकाम फिदिम स्थित हुलाक लाईनमा बिहीबार उक्त मेलाको आयोजना गरीने भएको हो । मेलाको संयोजन हेल्पिङ हेण्ड्स पाँचथरले गरेको छ ।

महिनावारी प्रतिको भ्रामक कुराहरुलाई हटाउने हाम्रो प्रयत्न स्वरुप आफुहरुले मेलाको आयोजाना गरेको परिवर्तनको सुरुवात संस्थाकी अध्यक्ष बीबीसा बुढाथोकीले जानकारी दिइन् । यो नेपालमै पहिलो पटक भएको उनको भनाई छ ।

मेलामा विद्यार्थीहरु, युवा–युवती र आमा समूहका मानिसहरुलाई सहभागि गराईने बुढाथोकीले बताइन् । सहभागिहरुलाई महिनावारीको बारेमा चेतना जगाइने चेतना जगाउँने उनले जानकारी दिइन् ।

मेलाको लागि फिदिम नगरपालिकाले आर्थिक सहयोग गरेको छ । मेलामा करिव रु १ लाख १० हजार खर्चहुने अनुमान गरिएको छ । जसमध्ये फिदिम नगरपालिकाले ७५ प्रतिशत सहयोग गर्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?