काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो वित्तीय पहुँच विस्तारको क्रममा २१औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । बैंकले कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका ११ स्थित छोम्रोंगमा सेवाको विस्तार गरेको हो । उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गरेका हुन् । उद्घाटन समारोहमा बैंकिङ्ग सेवाका अभिकर्ता मिकाश गुरुङ, गण्डकी प्रदेशका सांसद राजिव पहारी, तथा अन्य अधिकारी साथै स्थानिय बासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरुको उपस्थितीमा भएको थियो ।
बैंकले कास्की जिल्लामा पोखरा, लेकसाइड, तथा बिरौटा गरि ३ शाखा मार्फत सेवा प्रदान गरिरहेको छ । बैंकले ग्राहकहरुको माग तथा नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै उल्लिखित स्थानहरुमा शाखा रहित बैंकिङ सेवाको शुरु गरिएको बिरौटा शाखाको शाखा प्रवन्धक महेश ढुङ्गानाले बताए । त्यस्तै बैंकले यस भन्दा अगाडी नै अन्नपुर्ण बेसक्याम्प भ्रमण गर्ने पर्यटकको सुविधालाई मध्यनजर गर्दै सो क्षेत्रका विभिन्न होटलमा १५ थान पस मेसिन पनि जडान गरिसकेको छ ।
विगत १९ वर्षदखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले आफ्ना देशभर ११९ शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । बैंकको देशभर ११५ एटिएम, ५ वटा एक्टेन्सन काउन्टर तथा २१ वटा शाखरहित बैंकिङ ईकाई मार्फत ग्राहकहरुलाई प्रभावकारी सेवा प्रदान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया