काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु प्रधानमन्त्री हुने सपना पनि नदेखेको बताएका छन् । ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा बालबालिकाले राखेको प्रश्नमा उनले त्यस्तो बताएका हुन् ।
बालबालिकाले प्रधानमन्त्रीलाई तपाईको बाल्यकालमा के थियो भनेर साधेका थिए । त्यसको उत्तर दिदै ओलीले आफ्नो लक्ष समयअनुसार परिवर्तन भएको बताएका छन् ।
दुर्गम गाउँमा ६८ वर्ष अगाडि जन्मिएको आफूले प्रधानमन्त्री हुन्छु भन्ने सपना नदेखेको बताए । उनले त्यसबेला आफूले भेटेको मानिसमध्ये गुरुहरु नै ठूलो र जानकार मान्छे भएकाले आफूले गुरुजस्तै पढेलेको मास्टर बन्न लक्ष्य उनले सुनाए ।
देश विकासका लागि संघर्ष गर्नु पर्नेरहेछ, परिर्वतनका लागि आन्दोलनमा लाग्नु पर्नेरहेछ भन्ने लाग्यो । पञ्चायती तानाशाहविरुद्ध लड्दा मर्न परे मर्छु । जे गर्नुपर्ने गर्छु भनेर आन्दोलनमा लागेको उनले सुनाए ।
कार्यक्रममा जेलमा अहिले मार्छ कि भोलि मार्छ भन्ने बेला प्रधानमन्त्री हुन्छु भने विपरीत सपना देख्नु मुर्खतापूर्ण भएको पनि सुनाए ।
व्यवस्था परिर्वतन भएपछि पनि आफ्नो ध्यान देशमा कसरी सुशासन ल्याउने, विकासको बाटोमा कसरी लैजाने भन्ने भएको थियो । त्यसपछि पनि निकै संघर्षहरु भए आफु सांसद हुँदै प्रधानमन्त्री भएको बालबालिकालाई सुनाए । अहिले पनि देशकै लागि काम गरीरहेको छु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया