आणविक परिक्षण र लामो दुरीको मिसाइल परिक्षणमा गरिएको स्थगनलाई अन्त्य गर्दै छौँ : किम जोङ-उन

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ-उनले आणविक परिक्षण र लामो दुरीको मिसाइल परिक्षणमा गरिएको स्थगनलाई अन्त्य गर्न लागेको बताएका छन् । अमेरिकासँग सम्बन्ध सहजीकरण गर्न विगतमा यी परिक्षण स्थगन गरिएको थियो । किम जोङ-उनले आफ्नो देशले चाडैं ‘एक नयाँ रणनीतिक हतियार’ ल्याउने पनि बताए ।

तर, उनले सम्वादको लागि ढोका खुल्ला रहेको पनि बताए । साथै किमले भावि कोरियाली परिक्षणको स्तर अमेरिकाको ‘व्यवहारमा’मा निर्भर रहने बताए ।

प्योङयाङले उसका आणविक कार्यक्रम पूर्ण रुपमा परित्याग नगरेसम्म वाशिन्टनले उत्तर कोरियामाथिको प्रतिबन्ध नहटाउने अडान लिएपछि विगत केही समयदेखि वाशिन्टन र प्योङयाङबीचको प्रगति रोकिएको छ ।

उत्तर कोरियाले सन् २०१९को पछिल्लो भागमा कयैन साना हतियारको परिक्षण संचालन गरिरहेको थियो । तिनलाई अमेरिकामाथि दवाव प्रयासको रुपमा हेरिएको थियो ।

तर वाशिन्टनसँगले वार्तालाई सहजीकरण गर्नको लागि उत्तर कोरियाले एकतर्फी रुपमा आणविक तथा अन्तर–महादेशीय ब्यालेष्टिक मिसाइल्स(आईसीबीएम) को परिक्षण गरेको थियो ।

प्योङयाङले सन् २०१७ देखि यस्तो परिक्षण संचालन गरेको छैन । जनवरी १बाट सुरु चार दिने वर्कस पार्टीको वैठकमा किमले उत्तर कोरिया स्वघोषित स्थगनमा कायम रहिरहनु पर्ने बाध्यतामा नरहेको बताएका थिए ।

अमेरिकाले दक्षिण कोरियाँसँग संयुक्त सैन्य अभ्यास जारी राखेको र प्रतिबन्ध थप बढाएको अवस्थामा नयाँ मार्ग लिने किमले बताए । ‘यस्तो अवस्थामा हामीहरु मात्र एकतर्फी रुपमा आफ्नो वाचामा प्रतिबद्ध हुनुपर्ने भन्ने हुदैन ,’ किमको भनाई उदृत गदै उत्तर कोरियाली सरकारी एजेन्सी केसीएनएले लेखेको छ । किमले ‘निकट भविष्यमा’ विश्वले ‘एक नयाँ रणनीतिक हतियार देख्ने’ पनि बताएका छन् ।

किमको टिप्पणीको जवाफमा ट्रम्पले किमसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै उत्तर कोरियाली नेता आणविक र लामो दुरीको मिसाइल परिक्षणबाट पर रहने आशा गरेका छन् । ट्रम्प प्रशासनमा विदेश मामिला हेर्ने सेक्रेटरी अफ स्टेट माइक पोम्पेओले पनि उत्तर कोरियाले युद्ध नभएर शान्ती रोज्ने आशा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?