काठमाडौं । भारतको स्वसासित क्षेत्र जम्मु काश्मीरमा पाकिस्तानले गोली चलाएको छ । बुधबार लाइन अफ कन्ट्रोलमा पाकिस्तानको तर्फबाट चलेको गोली लागी दुई भारतीय सेनाको मृत्यु भएको सञ्चारमाध्ययममा जनाईएको छ । भारत र पाकिस्तानबीच मुख्य टकरावको रुपमा हेरिएको त्यस क्षेत्रको लाइन अफ कन्ट्रोलमा दुवै पक्षबाट गोली हानाहान भने अझै रोकिएको छैनन् ।
विदेशी सञ्चार माध्यमका अनुसार नाउ शेरा क्षेत्रमा दुईजना भारतीय सैनिकले सर्च अपरेसनका क्रममा पाकिस्तानतर्फबाट उनीहरुमाथि गोली प्रहार भएको थियो ।
मनोज मुकुन्द नरभाने भारतका नवनियुक्त सेना प्रमुख हुन् । मंगलबार मात्र पदभार सम्हालेका उनले पाकिस्तानलाई सीमापार आतंकवादप्रति भारतको प्रतिक्रिया संयन्त्र सामान्य भइसकेको बताएका थिए । यदि पाकिस्तानले राज्यद्वारा प्रायोजित आतंकवादको नीति पाकिस्तानले नरोकेमा उक्त आतंक रोक्न भारत बाध्य हुने चेतावनी सेना प्रमुख नरभानेले दिएका थिए । नरभानेले उक्त चेतावनी दिएको एकदिनपछि जम्मु-काश्मीमरमा गोली चलेको सञ्चार माध्यमले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया