एनआईसी एशिया बैंक र तिनाउ इन्टरनेशनल हस्पिटलबीच सम्झौता

काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेड र तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि. बुटवलबीच एक सम्झौता भएको छ ।
बैंकका ग्राहक र कर्मचारीहरुलाई अस्पतालमा उपचार गराउँदा बैंकका डेबिट एवं क्रेडिट कार्डवाहकलाई विभिन्न सेवा सुविधाहरुमा १०% देखि १५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा बैंकको प्रदेश नं. ५ को प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्की र हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध संचालक बिमल प्रसाद श्रेष्ठले हस्ताक्षर गरे ।

एनआसी एसिया बैंकले मुलुकभरका ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?