साझा यातायात र अमेरिकी दूतावासको गाडी ठोक्किए, २ जना घाइते

काठमाडौं, ७ माघ । काठमाडौंमा साझा यातायात र अमेरिकी दूतावासको ठक्कर खाँदा दुई जना घाइते भएका छन् ।काठमाडौंको लाजिम्पाटस्थित जापानी दूतावास नजिकै साझा यातायातको बस र अमेरिकी दूतवासको ६१ सी डी १२१ नम्बरको गाडीबीच ठक्कर खाँदा दुर्घटना भएको हो दुर्घटनामा परी सोनिया श्रेष्ठ र अन्दाजी ५० वर्षीय एक पुरुष घाइते भएका छन् । श्रेष्ठको हातमा चोट लागेको छ भने अर्का पुरुषको टाउकोमा चोट लागेको छ बसपार्कबाट महाराजगञ्ज हुँदै लगनखेल जान लागेको साझा यातायातको बसलाई सोही दिशाबाट अघि बढेको अमेरिकी दूतावासको गाडीले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको हो अमेरिकी दूतावासको गाडीले बाटो काटिरहेका बेला साझाको बसले ठक्कर दिएको थियो । अमेरिकी दूतावासको गाडीका चालक समेत अमेरिकी नै रहेको बताइएको छ दुर्घटनामा परी घाइते भएका दुवै जनालाई उपचारका लागि अस्पताल तर्फ लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?