नयाँ वर्ष सुरु भएसँगै दक्षिण कोरियामा कामदारको तलब पनि बढ्यो

काठमाडौँ । दक्षिण कोरियामा श्रमिकको तलब बढेको छ । नयाँ वर्ष २०२० सुरु भएसँगै कामदारको तलब पनि बढेको हो ।
दक्षिण कोरियाली श्रम मन्त्रालयका अनुसार तलब २.८७ प्रतिशतले बढेको छ । जसअनुसार कामदारको तलब प्रतिघण्टा ८ हजार ५९० वन बनेको छ । यसरी हिवास गर्दा महिनामा मजदूरको न्यूनतम तलब १७ लाख ९५ हजार ३१० वन अर्थात १ लाख ७५ हजार रुपैयाँ हुनेछ । यस्तै ८ घण्टा माथि अतिरिक्त काम गर्नेको राति १० बजेसम्म प्रतिद्दण्टा १२ हजार ८८५ वनका दरले ज्याला पाइने छ । राति १० बजेदेखि बिहान ६ बजेसम्मको अतिरिक्तसमेत पाइनेछ । जसअनुसार १७ हजार १८० वन ज्याला पाइने जनाइएको छ । वृद्धि भएको यो ज्यालाबाट कोरियामा कार्यरत करिब ३५ हजार नेपाली श्रमिकसहित अन्य देशका कारदार प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?