यहाँका मानिस खान्छन् साङ्लाको रस,पालिएको छ ६ सय करोड साङ्ला

एजेन्सी । हामी प्रत्येकको घरमा अवस्य नै साङ्लो होला नै । घरमा नभए पनि हामीले देखेका त पक्कै छौँ । साथै साङ्लोलाई घरमा देखेपछि मार्नको लागि हामी अनेक उपाय गर्न थाल्छौँ ।

यदि त्यो गर्दा पनि भएन भने मार्नको लागि विषको प्रयोग गर्छाैँ तर संसारमा एउटा यस्तो देश पनि छ जहाँका मानिसहरु मार्न भन्दा साङ्लो पाल्न धेरै रुचाउँछन् । तर किन पाल्न चाहान्छन् त साङ्लो ? जानिराखौँ यो अनौठो कुरा ।

साङ्लो देख्दै हामीलाई रिस उठ्छ । तर चीनका मानिसहरुको लागि साङ्लो सबैभन्दा ठूलो कमाईको भाँडो हो । यहाँको लागि साङ्लो औषधी समान छ ।

त्यसैले चीनको शीचाङ्ग शहरको एक औषधी कम्पनिले ६ सय करोड साङ्ला पालन नै गरेको छ । यति धेरै साङ्लाहरु दुईवटा खेलमैदान जत्रो क्षेत्रफलमा फैलिएको बिल्डिङमा पालिएका छन् ।

यिनीहरुलाई लाइटबाट टाढा अँध्यारोमा राखिएको छ । लाईटको प्रकाशका कारण साङ्ला भाग्ने भएकोले लाईटको प्रयोग कमै गरिन्छ । साङलाहरु बढाउनको लागि फर्ममै बच्चा जन्माउने काम गरिन्छ ।

जानकारीका अनुसार साङलाहरुको खानपानमा धेरै ध्यान दिने गरिन्छ । बिल्डिङमा तातो,चिसोको अवस्था निरिक्षण गरिन्छ । जब साङ्लो वयस्क हुन्छ तब मारेर त्यसको सर्वत बनाईन्छ ।

यसको रसलाई औषधीको रुपमा पिउने गरिन्छ । यसको रस बान्ता,अल्सर,श्वास पञ्श्वासमा समस्या आउने जस्ता रोगको औषधीको रुपमा साङ्लोको रस पिउने गरिन्छ । जानकारीका अनुसार साङ्लोको रस पिउनाले जादुई रुपमा रोग निको पार्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?