एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले एभर्टनमाथि जित हात पारेको छ । बुधबार राति भएको खेलमा सिटीले एभर्टनमाथि २-१ को जित हात पारेको हो ।
सिटीको जितको लागि दुवै गोल ग्याब्रियल जिससले गरे । खेलको ५१ औ मिनेटमा जिससले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । खेलको ५८ औं मिनेटमा गोल गर्दै उनले अग्रतालाई दोब्बर बनाएका थिए । एभर्टनका लागि रिचारलिसनले ७१ औं मिनेटमा एक गोल फर्काएका थिए ।
जितसंगै सिटीले २१ खेलबाट ४४ अंक जोडेको छ । एभर्टन २५ अंक सहित तालिकाको ११ औं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया