भारतको तेस्रो पटक चन्द्रमामा यान पठाउने तयारी

एजेन्सी । भारतले २०२० भित्र तेस्रोपटक चन्द्रमा पुग्न प्रयास गर्ने योजना सार्वजनिक गरेको छ । सन् २०२० भित्रै प्रक्षेपण गर्ने उद्देश्य सहित नयाँ योजनाको काम अघि बढिसकेको भारतीय अन्तरिक्ष केन्द्र (इसरो) ले जनाएको छ ।

यो वर्ष सोचे अनुरुप काम नभए सन् २०२१ सम्ममा भने चन्द्रयान ३ को प्रक्षेपण गर्ने इसरोका अध्यक्ष के शिवनले चन्द्रयान ३ को योजना सार्वजनिक गर्दै त्यस्तो बताएका छन् ।

भारतले सन् २००८ मा चन्द्रयान १ प्रक्षेपण गरेको थियो। जसबाट चन्द्रमाको सुख्खा सतहमा पानीका अणुहरु रहेको पत्ता लागेको थियो। सन् २०१९ मा भारतले चन्द्रयान २ को प्रक्षेपण गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?