एजेन्सी । चीन चमत्कार गर्ने देशहरुमध्ये सबैभन्दा अगाडि पर्छ । चीनले अनौठा चमत्कार गर्ने क्रममा अहिले विश्वकै सबैभन्दा अग्लो पुल बनाएको छ। यो पुल नयाँ वर्ष २०२० को पहिलो दिन आम-मानिसका लागि खोलिएको छ ।
चीनले बनाएको यो चमत्कारीक पुलमा रेल र कार एकैसाथ गुड्न सक्छन् । किनकि यो पुल डबल डेकरको बनाइएको छ ।
यो पुल एकदमै धेरै उचाईमा रहेको छ । यस पुलको नाम पिन्गटान्ग राखिएको छ । यसको मुख्य टावर १०९० फिट माथि छ भने यो पुलको तीन वटा टावर रहेका छन्।
पुल गोन्झाउ प्रान्तको ओडू स्थित एक नदीको घाँटीमा बनाइएको छ। यो पुलले पिन्गटान्ग र लुओडियान एक्सप्रेस वेलाई जोडछ् भने यसको कुल लम्बाइ करीब २.१३ किलोमिटर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया