काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले आफ्ना डेविट तथा क्रेडिट कार्डवाहक ग्राहकहरुलाई नयाँ वर्ष २०२० को अवसरमा योजना ल्याएको छ । उक्त योजना अनुसार ग्राहकहरुले Visa कार्ड मार्फत खरिदमा भुक्तानी गर्दा १० प्रतिशत तथा अधिकतम १५ सय सम्म क्यासव्याक प्रदान गर्ने भएको छ ।
उक्त अफर अन्तर्गत क्यासव्याक प्राप्त गर्न बैंकका डेविट एवं क्रेडिट कार्ड वाहकहरुले सामान वा सेवा खरिद गर्दा न्यूनतम ५ सय तथा सो भन्दा बढीको खरिद गर्नुपरेमा योजना अवधीभर कम्तीमा ५ पटक सम्म कारोबार भएको हुनुपर्ने बैंकले जनाएको छ । साथै उक्त योजनाबाट सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेट टेवा पुग्ने विश्वास बैंकले लिएको छ । उक्त योजना २०१९ डिसेम्वर ३१ बट लागु भई २०२० फेब्रुवरी २५ सम्म लागु हुनेछ ।
सञ्जाल विस्तारको हिसाबले सबैभन्दा अग्रणी मानिएको एनआईसीको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । करिब २० लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका बैंकले जनाएको छ ।
बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया