भ्रमण वर्ष २०२० : किन घुम्ने नेपाल ?

काठमाडौं । सरकारले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ शुरु गर्न लागेको नेपाल भ्रमण वर्ष (भिजिट नेपाल) २०२० केहिदिन अघि मात्र भव्य सम्हारोको साथ शुरु भएको छ । सरकारले नेपाल भ्रमण वर्षको प्रचार गर्न र यसलाई सफल बनाउन इलाममा सञ्चालित होटल एशोसिएशनले एक रुपैयाँमा पर्यटकलाई बास समेत बसाएको छ । एशोसिएशनको सहकार्यमा जिल्ला सदरमुकाममा सञ्चालित पाँच वटा होटलले एक रुपैयाँमा पर्यटकलाई बास बसाएका हुन् ।

नेपाल भ्रमण वर्ष सफल पार्न केन्द्र, प्रदेश र स्थानीय तह एकजुट एक स्वर भएर लागेको छ । निजी क्षेत्रले पनि विभिन्न कार्यक्रम सञ्चालन गर्ने तय गरेका छन् । ‘भ्रमण वर्षको पहिलो सूर्योदय नगरकोटमा’ भन्ने नाराका साथ नगरकोटबाट बिहान सूर्योदयसँगै भ्रमण वर्षको स्वागत गरिएको थियो । यसैबिच भ्रमण वर्षको शुभारम्भ गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिलाई सिंगारेर नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन आग्रह गरेकी छिन् ।

मिलेका दाँतका पंक्तिजस्तै सिमानामा विराजमान चाँदिजस्तै सेताम्मे हिमाल, अग्ला, होचा, हरिया पहाडका तरेली, पहाडका लोभलाग्दा चुचुरा र तराईका समथर भूभाग । अहो १ नेपाललाई प्रकृतिले वरदानस्वरुप यी सबै कुरा दिएको छ ।

भ्रमण वर्ष २०२० सुरु भएको छ । भ्रमण वर्ष घोषणा गरेर सुरु गरिएको यो महाअभियानमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ । यसैबीच तपाई पक्कै आफू र परिवारको साथ यो वर्ष कतै जाँदै हुनुहुन्छ होला अनि विदेशमा हुने नेपालीहरुले आफ्ना साथीहरुलाई नेपाल घुमाउन ल्याउँदै हुनुहुन्छ होला त्यसो हो भने लोकपथ डटकमले विभिन्न एजेन्सी तथा संस्थाको क्यामेराबाट आएका तस्वीरहरुको संगालो यहाँ प्रस्तुत गरेको छ ।

भ्रमण वर्ष–२०२० सफल पार्न सरकारले आधिकारिक वेबसाइट, फेसबुक, ट्वीटर र इन्स्टाग्राम संचालनमा ल्याएको छ । तपाईले विभिन्न माध्यम प्रयोग गरेर यी समाग्री सेयर गर्दै पर्यटकलाई नेपाल ल्याउन सहयोग गर्न सक्नुहुन्छ ।

के छैन नेपालमा ?

विश्वको सर्वोच्च शिखर सगरमाथा

विश्वको १४ अग्ला हिमश्रृंखला मध्ये ८ वटाको नेपालमै अवस्थित ।

नेपालका ४४ प्रतिशत भूभाग जंगलले ओगटेको छ । २० प्रतिशत भूभाग राष्ट्रिय निकुञ्ज

६० जनजातिको बसोबास रहेको नेपालमा ९२ भाषा बोलिन्छ ।

३ हजारभन्दा बढी मठ मन्दिर, १२ सय बौद्धका मठमन्दिर चैत्य रहेका छन् ।

विश्व सम्पदा सूचीमा सूचिकृत १० सम्पदाहरु नजिकै दूरीमा अवस्थित छन् ।

८ सय ४८ प्रजातिका चरा जसमा ३ सय १९ प्रजातिका चराहरु अन्य देशबाट बसाई सरेर आउने गर्छन् ।

सुनगाभा, पाँचऔले, चिराईतो, यार्सागुम्बा आदी

लहलह झुलेका धानका बाला, नगदेबाली तथा व्यवसायिक खेती गरिएका प्लट । होमस्टे ।

निख्खर हरियो आकर्षक र मनमोहक चियाबारी

तालतलैया, कुवा, नहर, ईनार ,

मदहोस पार्ने प्राकृतिक सुन्दरता घना जङ्गल

लाखौं जीवजन्तुको बसोबास रहेको आश्रयस्थल

विश्वमा दुर्लभ मानिएका जनावर

धर्मको आफ्नै मुल्य र मान्यता रहेको

हस्तकला का सामाग्री

जीवित भगवान कुमारी

राजधानी काठमाडौं मन्दिरहरुको शहर

कलाले भरिपूर्ण भक्तपुर

आरोग्यदेव पशुपतिनाथ

भगवान राम र सिताको विवाह भएको पुण्यभूमि जानकी मन्दिर ।

हिमाल पारीको देशका रुपमा अवस्थित मुक्तिनाथ मन्दिर ।

चौरीको चाम्रो छुर्पी, घोडसवारी, भगवान गौतम बुद्धको जन्मभूमि लुम्बीनी, नेपालीहरुको न्यानो आतिथ्यता र बोलिचाली, बन्जी, ९याफटिङ, ट्रेकिङ्ग, साईक्लिङ, प्याराग्लाईडिङ, बाईकिङ, केबलकार, डुङगा, गल्फ, माउन्टेन फ्लाईट जङगल सफारी जस्ता अलौकिक सुन्दरताले छपक्कै देश नेपाल एकपटक धक फुकाएर घुम्न पर्ने देश हो ।

तस्वीर भ्रमण वर्ष–२०२० को आधिकारिक वेबसाइट र फेसबुकबाट

Rukumkot valley

 

Poon hill
Bardiya National Park

 

Street of Bandipur

 

Patan
Rara covered with snow

 

Bouddhanath

 

Daman

 

Kuri Village
Landscape of Chitlang

 

Kulaekhani

 

Bhaktapur

 

Forbidden Kingdom Mustang

 

Beautiful Ghandruk Village

 

Manang covered with snow

 

Mardi

 

Manaslu Trail

 

Lukla Airport

 

Way to Manang

 

Wodden Bridge

 

Nyatapol

 

Palpa

 

Shey Phoksundo Lake

 

Namchae Bazzar

 

Kag Beni Mustang

 

Mardi Trek

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?