काठमाडौं । गत महिना अष्ट्रेलियाको न्यू वेल्समा भएको आगलागीले संसारभर पर्यावरणीय बहस र चिन्ता हुन थालेको छ । न्यु वेल्स ३० लाख हेक्टर क्षेत्रफल आगलागीले सखाप भएको थियो ।
अष्ट्रेलियाको हालै सार्वजनिक समाचार अनुसार ४८ करोड जनावरको मृत्यु भएको छ । सिड्नी विश्वविद्यालयमा ‘इकोलोजी’का प्राध्यापक क्रिस डिकम्यानले यस्तो रिपोर्ट सार्वजनिक गरेका हुन् ।
ती वन्यजन्तु आगलागीबाटै ध्वस्त भएको रिपोर्टमा उल्लेख छ । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा यसरी नष्ट हुनेमा पशुपंक्षी र जनावर छन् । प्राध्यापक डिकम्यानले ‘केही चिज सम्भवतः सधैँका लागि लुप्त भएको’ प्रतिक्रिया दिएका छन् । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया