काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना सम्पुर्ण एटीएममा मास्टर कार्ड चल्ने भएको छ । त्यस सँगै अब मास्टर कार्ड, मेस्ट्रो तथा सिरोस ब्राण्डका कुनैपनि कार्ड सिटिजन्स बैंकको एटीएममा चल्ने भएको छ । यसले भ्रमण वर्षमा समेत टेवा पुर्याउने विस्वास बैंकले लिएको जनाएको छ । नेपाल घुम्न आउने विदेशी पर्यटकका लागि मास्टर कार्डवाहक ग्राहकका लागि सहज रुपमा कारोबार गर्न सकिनेछ । बैंकका अनुसार यो भन्दा अघि नै भिजा तथा युनियन पे सँगको सहकार्यमा ती ब्राण्डका कार्डमार्फत कारोबार गरिरहेको थियो ।
बैंकले आफ्नो वित्तीय पहुँच विस्तारको क्रममा मुलुकभर ८५ वटा शाखा कार्यालय मार्फत कारोबार गरिरहेको छ । त्यस्तै बैंकको देशभर ८५ वटा ए।टि।एम। तथा १०२ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुलाई वित्तीय सेवा दिईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया