विमानस्थलबाट २ किलो सुनसहित २ जना भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुनसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुरेशलाल भारत र नविन गोपिचन्द्र छन्।

युएईको सार्जाबाट एयर अरेवियाबाट काठमाडौं आएका उनीहरुलाई विमानस्थल प्रहरी र महानगरीय अपराध महाशाखाको टोलीले २ किलो सुनसहित नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरुले सुन ल्याएको सूचनाको आधारमा नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई चेकजाँच गर्दा सुन नभेटिएपछि एक्सरेका लागि काठमाडौं मेडिकल कलेज लगिएको थियो । एक्सरे गर्दा उनीहरुले मलद्वारमा सुन राखेको भेटिएपछि फेरि विमानस्थलको शौचालयमा लगेर सुन निकाल्न लगिएको थियो ।

हिजो मात्रै प्रहरीले १ किलो सुनसहित कासिव मोहम्मद र नयाँ दिल्ली हुँदै काठमाडौं आएका मुस्राफिन मोहम्मदलाई नियन्त्रणमा लिएको थियो। उनीहरूको साथबाट प्रहरीले ४ वटा बेसारको प्याकेटमा सुन बरामद गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?