काठमाडौं । आज मिति २०७६ साल पुष महिनाको १९ गते शनिबार । इस्वी संवत २०२० जनवरी ४ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत ११४० थिंलागा । पौष शुक्लपक्ष । तिथी– नवमी,२३ बजेर १३ मिनेट उप्रान्त दशमी । नक्षत्र– रेवती,०८ बजेर ३७ मिनेट उप्रान्त अश्विनी । योग– शिव,२२ बजेर ५९ मिनेट उप्रान्त सिद्ध । करण– बालव,१० बजेर १८ मिनेट उप्रान्त कौलव,२३ बजेर १३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा धाता योग । चन्द्रराशि–मिन,०८ बजेर ३७ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय ६ बजेर ५६ मिनेटमा, सूर्यास्त १७ बजेर २० मिनेटमा । दिनमान २५ घडी ५७ पला । ८ बजेर ३७ मिनेटमा पञ्चक समाप्ति ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) ः बिहानको समयमा लामो दूरीको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागि समय राम्रो रहेको छ । मध्यान्हबाट राजनीति तथा समाजसेवामा भनेजस्तो समर्थन पाइने हुनाले पद प्राप्तिको योग रहेको छ । खोजमूलक क्षेत्रमा रुची बढ्ने तथा अध्ययनमा मन जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । व्यापारबाट मनग्ये धन आर्जन हुनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) ः लामो दूरीको यात्राको लागि समय उत्तम रहेको छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जाने तथा विदेशमा बसेर श्रम तथा अध्ययन गर्नेहरुका लागि समय फलदायी रहने छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । आकस्मिक खर्च हुनाले दैनिकी प्रभावित हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) ः कार्यक्षेत्रमा तपाईको कामको उचित मूल्याङ्कन हुनेछ । व्यापार व्यवसायमा लगानी बढाइ मनग्ये धन आर्जन गर्न सकिनेछ । अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात पर्नेछ । प्रेममा सामिप्यता बढेर जानेछ । इच्छा तथा चाहनाहरु पूरा हुने समय रहेको छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) ः शुभचिन्तक तथा परिचित व्यक्तिबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पुख्र्यौली धन तथा सम्पत्तिको प्रयोग मार्फत मनग्ये लाभ लिन सकिनेछ । पुराना विवादलाई सल्टाउन तपाईको महत्वपूर्ण भूमिका हुने तथा लोकप्रियता चुलिनेछ । अध्ययनमा मन जानेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) ः समयले साथ दिने हुँदा धर्म तथा अध्यात्मक लगायत अन्य वस्तुको व्यापार फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेको छ भने पढाइलेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । मायाप्रेममा नजिक भइ आफ्ना मनका कुरा साटासाट गर्न सकिनेछ । राजनीति तथा सामाजिक काममा रुचि बढ्नेछ । बिहानको समय मध्यम रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) ः बिहानको समय राम्रो रहेकाले व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाइलेखाइमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । आफन्त तथा सहपाठीहरुबाट सुनिने शुभ समाचारले उत्साह जगाउनेछ । माया प्रेमको डोरी कसिलो भएर जानेछ । मध्यान्हबाट समय मध्यम रहेकोले भौतिक सम्पत्ति तथा विलाशी वस्तुका प्रयोग गर्दा ध्यान दिनुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) ः आफन्तसँग रमाइलो यात्रा हुनेछ भने यात्राका क्रममा भरपुर मनोरञ्जन लिन सकिनेछ । एकल तथा साझेदारी व्यापार व्यवसाय फस्टाएर जानेछ । परिवारिक माहोलमा जमघट भइ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक तथा विलाशी वस्तुको प्रयोग मार्फत् अरुको ध्यान आकर्षित गर्न सकिनेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) ः स्रोत साधन जुटाइ नयाँ कामको थालनी गर्न सकिनेछ । व्यापार फस्टाएर जाने तथा थप लगानी गर्ने वातावरण बनाउन सकिनेछ । प्रतिस्पर्धीलाई किनारा लगाउँदै अधिकार तथा प्रतिष्ठा जोगाउन सफल भइनेछ । पढाइलेखाइमा गरिएको मिहिनेतबाट भनेजस्तो प्राप्ताङ्क हात पार्न सकिनेछ । मिहिनेत गर्नेहरुका लागि समय फलदायी रहने छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) ः राम्रा काम गरी अरुको विश्स जित्न सकिनेछ । धैर्यधारण गरी काम गर्नाले कामहरु समयमा नै सम्पन्न हुनेछन् । नयाँ प्रविधिको प्रयोग मार्फत् आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउँदै विजयी भइनेछ । स्कुल, कलेज, बैंक तथा वित्तीय क्षेत्रको लगानी अथवा त्योसँग सम्बन्धित कामहरुबाट सन्तुष्ट हुन सकिनेछ । बिहानको समय मध्यम रहेकोले राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) ः बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानी बढाउँदा मनग्ये आम्दानी हुनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलापमा भाग लिने अवसर जुर्ने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले पढाइमा मन लाग्ने छैन । आफन्त तथा आमासँग टाढिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) ः खेलकुद तथा आँट, शाहस तथा पराक्रमी क्रियाकलापमा भाग लिइ नाम तथा दाम दुवै कमाउन सकिनेछ । अदालतबाट हुने न्याय सम्पादन तपाइकै पक्षमा हुनेछ । लेखन, कला तथा साहित्यको क्षेत्रमा आजको दिन राम्रो रहेको छ । प्रेम सम्बन्धहरुमा आत्मियता थप प्रगाढ हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा छोटो दूरीको यात्रा हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) ः आफन्त तथा कुुटुम्बसँग चिसिएको सम्बन्धमा सुधार आउनेछ भने मिष्ठान्न भोजनका साथ समय व्यतीत गर्न सकिनेछ । थोरै बोलेर मनग्ये धन आर्जन गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ कामको प्रस्ताव आउनेछ । पढाइलेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेमील जोडीहरुले रमाइलो ठाउँको यात्रा गरी दिन व्यतीत गर्न सक्नेछन् ।
तपाईको दिन शुभ रहोस् ।
ज्यो दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया