अमेरिकी नेतृ क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलर

काठमाडौं । सन् २०१६ मा अमेरिकामा राष्ट्रपति पदको उम्मेदवार रहनु भएकी हिलारी क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलरमा नियुक्त भएकी छन् ।
बेलायतको ‘क्विन्स युनिभर्सिटी बेलफास्ट’ले बिहीबार उनलाई नयाँ चान्सलरमा नियुक्त गरिएको घोषणा गरेको हो । सो विश्वविद्यालयले सन् २०१८ को अक्टोबरमा क्लिनटनलाई मानार्थ विद्यावारिधिको उपाधि पनि दिएको थियो ।

क्लिन्टन सो विश्वविद्यालयकी ११ औँ चान्सलर हुनुभएकी हुन भने पहिलो महिला चान्सलर भएकी विश्वविद्यालयका अधिकारीहरुले जनाएका छन् ।
संवैधानिक पद मानिने चान्सलरको रुपमा क्लिन्टनले मुख्य तीन ओटा भूमिका खेल्नु पर्ने विश्वविद्यालयले जनाएको छ । स्नातकोत्तर सभाको अध्यक्षता गर्ने, विश्वविद्यालयको दूतका रुप रहने र सल्लाहकारको भूमिका खेल्ने गरी मुख्य तीन भूमिका हुने अधिकारीहरुको भनाई छ ।

चान्सलरले विश्वविद्यालयको उच्च तहको व्यवस्थापनलाई मार्गदर्शन तथा परामर्श दिने प्रचलन रहेको छ । अहिले नियुक्त भएको चान्सलरको जिम्मेवारी उहाँको यही जनवरीदेखि सुरु भएर आगामी पाँच बर्षसम्म रहने विश्वविद्यालयले जनाएको छ ।

क्लिनटन सन् २०१६ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा चुनावी प्रतिश्पर्धामा थिइन । त्यसअघि उहाँ अमेरिकी विदेश मन्त्री समेत भएकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?