दिल्लिमा सञ्चालन भयो ६ लाख क्युबिक मिटर हावा सफा गर्ने पहिलो स्मोग टावर

एजेन्सी । भारतको राजधानी दिल्लीको लाजपत नगरमा स्मोग टावर लगाइएको छ । २० फिट उचाईको यो स्मोग टावरले ७२० मिटर वरपरीको हावा शुद्ध गर्नेछ ।

स्मोग फ्रि टावरले दैनिक अढाई लाखदेखि ६ लाख क्यूबिक मिटर हावा सफा गर्नेछ । यसलाइ संचालन गर्न हरेक महिना तिस हजार भारु खर्च हुने संचालकहरुले बताएका छन् ।

स्मोग टावर संचालनमा लाग्ने खर्च मार्केट एसोसिएशनले तिर्ने बताइएको छ । प्रदुषित दिल्लीको अवस्थामा सुधार ल्याउनको लागि पचास हजारभन्दा बढी टावरको आवश्यकता रहेको छ ।

फ्रान्समा बनेको ‘शुद्ध’ नाम दिइएको एयर प्युरिफाइरलाई ट्रेडर्स एसोसिएशन लाजपत नगर र गौतम गम्भिर फाउण्डेशनले लगाएको हो ।

एसोशियनका महासचिव अश्विनी मारवाहका अनुसार टावरले २ घण्टाभित्र हावा सफा गरेर एक्युआई ५० भन्दा माथि जान दिँदैन ।

बिहिवार दिल्लीमा वर्षाको कमी र हावाको गति मन्द हुदाँ दिल्ली–एनसीआरको हावा गुणस्तर अत्यन्त जोखिमपूर्ण वर्गिकरणमा रहेको देखिएको थियो ।

बिहिवारकै मापनमा देशका ९९ सहरमध्ये ७ स्थानको हावा गुणस्तर अत्यन्त जोखिमपूर्ण वर्गिकरणमा रहेको छ । यसमा दिल्ली–एनसीआर क्षेत्रकै तीन सहर समावेश थिए ।

भारतको हावाको मापनमा बिहिवार सबैभन्दा खराब हावा बिहार राज्यको मुजफ्फरपुरमा देखिउको छ । यहाँ एक्युआई ४५० मापन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?