नेपाल–भारत सीमा क्षेत्रबाट एक नेपालीको अपहरण

कपिलवस्तु । नेपाल भारत सीमाको बजार मर्यादपुरबाट एक नेपालीको अपहरण भएको छ ।
यशोधरा गाउँपालिका–८, मटेरियाका अन्दाजी बर्षका ४२ मुवारक खानलाई भारतीय अज्ञात समूहले शनिबार दिउँसो यशोधरा गाउँपालिका–७,मर्यादपुर चोकबाट,अपहरण गरेको हो । उनी मर्यादपुर चोकमा बसीरहेको अवस्थामा भारतीय समूहले जबर्जस्ती युपी ५५ एस ०१०१ नम्बरको सेतो रंगको स्कोर्पियो गाडीमा राखेर मर्यादपुर सिमा नाका हुँदै भारत लगेको स्थानीय प्रत्यक्षदर्शीले बताए ।
उक्त युपी ५५ एस ०१०१ नम्बरको सेतो रंगको स्कोर्पियो गाडी बिहान ११.४४ बजे सुठौली भन्सार कार्यालयबाट रु ५ सय तिरी २०७६ पौष १९ गते १ दिनकोलागी भन्सार गराएको भन्सारको रेकार्डमा देखिन्छ । सो गाडी भारत उत्तर प्रदेश जिल्ला सिद्धाथनगरको दयान्नद उपाध्यायको नाममा रहेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रवक्ता तथा नायव उपरीक्षक सुनिल मल्लले भने, ‘यसबारे भारतीय प्रहरीसँग सोध्ने काम भइरहेको छ ।’ उनलाई सीमाको मर्यादपुर प्रहरी चौकी र बिओपी डंगरीको सशस्त्र प्रहरीको रोकावटलाई छल्दै खानलाई दशगजा कटाएका थिए । उनको खोजी कार्य तिब्र रुपमा भै रहेको मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?