ला लिगा : स्पानियोलसँग बार्सिलोनाको बराबरी

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोलसँग २–२ को बराबरी खेलेको हो ।

डभिड लोपेजले २३ औ मिनेटमा स्पानियोललाई अग्रता दिलाएका थिए । लुईस स्वारेजले ५० औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।अर्टुरो भिडालले ५९ औ मिनेटमा बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

फ्रेन्की डी जोङ ७५ औ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो । खेल सकिन दुई मिनेट अघि चीनियाँ खेलाडी उ लिले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

अंक जोड्दै बार्सिलोना तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

शीर्ष स्थानको बार्सिलोना र रियलको समान ४० अंक छ । स्पानियोलले बराबरीसँगै ११ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?