एजेन्सी । विश्वमा बिभिन्न अनौठा-अनौठा घटनाहरु घट्ने गर्छन् । जुन घटना हामीलाई विश्वास गर्नै गाह्रो पर्छ । यस्तै एउटा अनौठो घटना आजभन्दा ३० वर्ष पहिले स्कटल्याण्डमा भएको थियो ।
स्कटल्याण्डमा आकाशबाट लाशको वर्षा भएको थियो । हामीले आकाशबाट पानीको मात्र वर्षा भएको देखेका हालाउँ । तर स्कटल्याण्डमा किसानहरुले एकैपटक यति धेरै लाशहरुको वर्षा भएको देख्दा सबै अचम्ममा परेका थिए ।
स्कटल्याण्डको भूमिमा लाशको वर्षा भएको देख्दा सबै अचम्ममा परेका थिए । तर यो घटना एक ठूलो प्लेन दुर्घटनाका कारण घटेको थियो । पेन एम १०३ नामक प्लेन दुर्घटना भएको थियो ।
यो प्लेन जर्मनीको फ्रेन्कफर्टबाट लण्डनतर्फ जाँदै थियो । तर गन्तव्यमा पुग्नु अगावै प्लेन स्कटल्याण्डको आकाशमा दुर्घटना ग्रस्त भएको थियो । उडिरहेको प्लेनमा एक्कासी ब्लास्ट भयो र यात्रुहरुको लाश जमिनमा झर्न थाल्यो । तर केहि मानिसहरु भने जिउँदै जमिनमा खसेका थिए । तर जिउँदै झरेकाहरुको पनि उपचारका क्रममा मृत्यु भयो । यस प्लेन दुर्घटनामा परेर २४३ जना यात्रु र ११ जना चालक दलका सदस्यहरुको मृत्यु भएको थियो ।
विमान दुर्घटनाबारे अनुसन्धानका क्रममा यो आतंककारी हमला भएको पुष्टि भएको थियो । स्थानीय एक किसान केट एन्डर्सनका अनुसार उनले मानिसहरु आकाशबाट वर्षा झैँ झरिरहेको देखेका थिए ।
उनको खेतमा मात्र ९८ वटा लाशहरु झरेका थिए । आज पनि यो घटना सम्झिएर मानिसहरु डराउने गर्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया