एजेन्सी । अधर्मको नाश गर्नका लागि द्वापर युगमा महाभारतको युद्ध भएको थियो । जसमा पाँच पाण्डव र सय कौरवबीचको युद्ध चलेको थियो ।
सत्यको विजय र अधर्मको नाश गर्नको लागि भगवान विष्णुले श्रीकृष्णको अवतार लिएर धर्तीमा जन्म लिनुभएका थियो । तर द्वापर युगमा पाण्डवहरुको मृत्यु भए पश्चाद् पनि कलियुगमा पुनः पाण्डवहरुले जन्म लिएको कुरा के तपाईलाई थाहा छ ?
शास्त्रमा यो घटना पुनः कलियुगमा पनि भएको प्रमाण छ ।
भविष्य पुराणका अनुसार महाभारत युद्धको अन्तिममा अश्वत्थामाले मध्य रातमा पाण्डवका पुत्रहरुको वध गरेको कुरा त हामीलाई थाहा नै होला ।
अश्वत्थामाले भगवान शिवलाई प्रसन्न बनाएर तरवारले पाण्डवका छोराहरुको वध गरेका थिए । पाण्डवहरुले भगवान शिवले नै अश्वत्थामालाई हत्या गर्न आदेश दिएको भन्दै भगवान शिवसँगै युद्ध गर्नको लागि शिवलोक गएका थिए । तर त्यहाँ पुग्नासाथ पाण्डवका सबै शस्त्रअस्त्र भगवान शिवमा समाहित भए ।
पण्डवहरुले यस्तो व्यवहार आफूलाई गरेको देखेर महादेव रुष्ट भए । पाँच पाण्डवहरुलाई श्री कृष्णको भक्त भएकै कारण सानो भएपनि सजाय दिने निर्णय गरे ।
उनले पाँच पाण्डवलाई पुनः कलियुगमा जन्म लिनु परोस भनेर श्राप दिए । उनीहरुले कलियुगमा जन्म लिएर श्रापको प्रायश्चित भोगेका थिए ।
भविष्य पुराणका अनुसार कलियुगमा अर्जुनको जन्म परिलोक नाम गरेका राजाका छोराको रुपमा भएको थियो । उनको नाम भने ब्रह्मानन्द थियो ।
त्यस्तै युधिष्ठिर वत्सराज नाम गरेका राजाको छोरो भएर जन्मिएका थिए । कलियुगमा उनको नाम मलखान थियो । त्यस्तै भीम वीरेनका नाममा जन्म लिएका थिए भने नकुल र शहदेवको कान्यकुब्ज नामको राजाका रुपमा जन्म भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया