करोडौंको कारोबार गर्दै म्याग्दी महोत्सव सम्पन्न

म्याग्दी, ८ माघ । छैटौँ म्याग्दी महोत्सव तथा माघेसङ्क्राान्ति मेला एवं ४ नं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला करिब रु आठ करोडको कारोबार गर्दै आइतबार राति सम्पन्न भएको छ ‘उद्योग, व्यापार र कलाको विकास गरौँ, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौँ’ भन्ने मूल नारासहित म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा पुस २८ देखि माघ ७ गतेसम्म सञ्चालन भएको महोत्सवमा करिब एक लाख ८५ हजार दर्शकले अवलोकन गरेको वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल संयोजक उत्तमकुमार कर्माचार्यले बताए अपेक्षा गरेभन्दा करिब २५ हजार बढी दर्शक आएको बताउँदै महोत्सवले जिल्लाका उत्पादनको बजारीकरणका साथै सम्भावनाका क्षेत्रमा लगानीको वातावरण बनाएको बताए । महोत्सवस्थलभित्र राखिएका स्थानीय उत्पादन, आयातीत वस्तु राखिएका स्टलसमेत अधिकांश रित्तै भएको बताउँदै व्यापारिक दृष्टिकोणले समेत महोत्सव सफल भएको आयोजकले दाबी गरेको छ । महोत्वसमा जिल्लाका ६ वटै स्थानीय तहमा उत्पादन हुने वस्तुको छुट्टै स्टल राखिएको थियो महोत्सवमा जिल्लामा उत्पादित कृषि उपज, पर्यटन र जडीबुटीलाई मुख्य प्राथमिकता दिइएको थियो गलेश्वर–मालढुङ्गा नियमित जलयात्रा (¥याफ्टिङ) सञ्चालन गरिनेयसैगरी, प्रसिद्ध धार्मिकस्थल म्याग्दीको गलेश्वरधामबाट पर्वत र बागलुङको सिमाना मालढुंगासम्म कालीगण्डकी नदीमा नियमित ¥याफ्टिङ (जलयात्रा) सञ्चालन हुने भएको छ छैटौँ म्याग्दी महोत्सवका अवसरमा फोर हिमालय म्याजिक कम्पनीले पुस २८ देखि जलेश्वरदेखि बेनीबजारको थकाली सेवा समाजको घरसम्म सञ्चालन गरेको ¥याफ्टिङ प्रभावकारी र स्थानीयवासीले अभिरुचि देखिएपछि व्यवसायी यसलाई नियमित गर्न इच्छुक देखिएका हुन् । ¥याफ्टिङ एशोसिएशन अफ पोखरा (नारा)सँग समन्वय गरी म्याग्दी उद्योग वाणिज्य संघ, नगरपालिका र स्थानीय बासिन्दासँग सहकार्य गरेर आफ्नो कम्पनीले गलेश्वर–मालढुङ्गा रुटमा नियमित जलयात्रा गर्न इच्छुक रहेको व्यवसायी देव रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?