एजेन्सी । ताईवान एउटा द्वीप हो । यो चीनी गणराज्यको एउटा भाग हो । यहाँको जनसंख्या लगभग २ करोड ३६ लाख रहेको छ । यहाँका ७० प्रतिशत मनिस बौद्ध धर्म मान्ने गर्छन् ।
तर यहाँका महिलाहरु आफ्नो सुन्दरतामा अत्याधिक ध्यान दिने गर्छन् । कतै विवाह, भोज, पाटिमा जानु पर्दा हाम्रा दिदीबहिनीले कतिसम्म मेकअप गर्छन भन्ने तपाईलाई पनि यो थाहा होला । तर, त्य भन्दा पनि अचम्म लाग्ने गरी ताईवानका महिलाहरु भने जवान रहनको लागि आफ्नो खानपान देखि लिएर मेकअपमा धेरै खर्च गर्छन् । यहाँका महिलाहरु सुन्दर हुँनकै लागि दिउँसो घाममा निस्किदैनन् ।
घाममा बाहिर निस्किदा घामले अनुहार जलाएर कालो हुने भन्दै घरबाहिर निस्किन मान्दैनन् । यति मात्रै होइन, यहाँका मानिसहरु घाममा निस्किँदा उमेर घटने विश्वास गर्छन् । जतिसुकै महत्वपूर्ण काम भएपनि उनीहरु घाममा बाहिर निस्किदैनन् । केहि मानिसहरु पानीमा भिज्न पनि त्यत्तिकै मन लाग्छ । तर यहाँका महिलाहरु भने एलर्जी भएर आफ्नो अनुहार खराब हुने भन्दै भिज्न मान्दैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया