काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले खोजी सुचिमा रहेका दीपक नेपाललाई पक्राउ गरेको छ । कृषि विकास बैकको रकम ह्याकरसँग मिलेर लुटेर फरार रहेका नेपाललाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
गत असोज ५ गते बैंकको कर्मचारीका युजर आइडी प्रयोग गरेर ह्याकरले ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ व्यक्तिको नाममा ट्रान्सफर गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो।
यस अघि प्रहरीले १६ जनालाई पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार नेपालले बैंकबाट झिकिएको एक करोड रुपैयाँ लिएर फरार भएका थिए।
प्रहरीले आज नेपाललाई अदालतमा उपस्थित गराएर म्याद थप गर्ने तयारी गरिरहेको छ।
प्रहरीले गत मंसीर २४ गते दोलखा फुलपाका ५२ वर्षीय रमेश खड्का, नवलपरासी रामग्रामका ३७ वर्षीय विशेश्वरप्रसाद तिवारी र संदीप कलवार पनि पक्राउ गरेको थियो ।
नाइजेरियन मुलका भनिएका पिटर हर्मन र स्मिथको मुख्य योजनामा नेपालमा ह्याकिङ भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया