कामना सर्वोत्कृष्ट चलचित्रमा प्रसाद

काठमाडौं । कामना मनोरञ्जनात्मक सिने पत्रिकाले अयोजना गरेको ‘कामना अवार्ड २०७६’ कार्यक्रममा करिब डेढ दर्जन कलाकारले सांगीतिक प्रस्तुति दिएका छन् ।

कामना सर्वोत्कृष्ट फिल्म अवार्ड ‘प्रसाद’लाई घोषण गरिएको छ । अभिनेता विपिन कार्की, अभिनेत्री नम्रता श्रेष्ठ र निर्देशक दिनेश राउत तथा कामना पब्लिक च्वाइस अवार्डमा स्वस्तिमा खड्का, सहअभिनेता दयाहाङ राई र सहअभिनेत्रीमा प्रियंका कार्कीलाई सम्मान गरिएको छ ।

त्यस्तै डेब्यु नायक उमेश थापा, नायिका सुहाना थापा, सीजी क्रिटिक्स अवार्ड थिएटरमा सिर्जना सुब्बा, सीजी क्रिटिक्स अवार्ड फेसनमा ज्ञानीशोभा तुलाधरलाई सम्मान गरिएको छ ।

सीजी क्रिटिक्ट अवार्ड संगीतमा न्ह्यु वज्राचार्य, कामना जुरी अवार्ड हरि फिल्म, कथाकार खगेन्द्र लामिछाने, डेब्यु निर्देशक छेतेन गुरुङ, खलनायकमा प्रमोद अग्रहरि, सम्पादकमा निमेष श्रेष्ठ, पटकथामा सुशील पौडेल, संवादमा दीपकराज गिरी, हास्यकलाकारमा केदार घिमिरे, बालकलाकारमा सेड्रिना शर्मा, कोरियोग्राफरमा कविराज गहतराज, द्वन्द्व निर्देशकमा शुक्रराज शाह, पाश्र्व संगीतमा एलिस कार्की, संगीतकारमा वसन्त सापकोटा, गीतकारमा दिनेश थपलिया, गायकमा हेमन्त राना, गायिकामा अञ्जु पन्त, ध्वनि मि श्रणमा सुनयमान श्रेष्ठ, शृंगारमा श्याम लामालगायतलाई उत्कृष्ट अवार्डले सम्मान गरिएको छ ।

कार्यक्रममा‘पुष्करलाल मिडिया अवार्ड’ पनि प्रदान गरिएको थियो । उक्त अवार्ड सञ्चारकर्मी रामकृष्ण मानन्धरले पाएका छन् । नेपालकै पहिलो चलचित्र अवार्डका प्रणेता समाजसेवी तथा व्यवसायी भरतलाल श्रेष्ठको नाममा ‘भरतलाल ह्युम्यानिटेरियल अवार्ड’ शिक्षा क्षेत्रमा सक्रिय समाजसेवी लायन सोनाम साङ्पालाई प्रदान गरिएको छ ।

त्यस्तै ‘कामना लाइफ टाइम अचिभमेन्ट अवार्ड’ कलाकार नीर शाह र मेकअप म्यान सन्तु तामाङले पाएका छन् । उनीहरुलाई जनही एक लाख रकमले सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?