एजेन्सी । मंगलग्रहको विषयमा नयाँ-नयाँ कुराहरु पत्ता लागिरहेको छ । वैज्ञानिकका अनुसार मंगल ग्रहमा मानव जीवन सम्भव छैन । तर मंगलग्रह जस्तै ठाउँ धर्तीमै रहेको कुरा वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।
१. अटाकामा रेगिस्तान
चिली देशको युनगे कस्बै नामक स्थानमा मंगल ग्रह जस्तै ठाउँ रहेको छ । यहाँ पनि मानव बस्ती बसाल्न गाह्रो हुने वैज्ञानिकहरुले पत्ता लगाएका छन् । वैज्ञानिकहरुका अनुसार यो ठाउँमा तामाको खानी रहेको छ । यो ठाउँलाई विश्वकै सबैभन्दा सुख्खा ठाउँहरुमध्येमा गनिन्छ ।
यहाँ एक वर्षमा लगभग १० मिलिमिटरमात्र पानी पर्ने गरेको वैज्ञानिकहरु बताउँछन् । त्यसैले पनि यहाँको माटो एकदमै सुख्खा छ । वैज्ञानिक क्लेयर कजिन्सका अनुसार अटाकामा रेगिस्तान मंगल ग्रह जस्तै देखिन्छ ।
२.मेक्मर्डाे ड्राय वेली
मेक्मर्डाे ड्राय वेली पनि म.गल ग्रह जस्तै देखिने अर्काे ठाउँ हो । यहाँको औसत तापक्रम माइनस १५ डिग्री सेल्सियसदेखि माइनस ३० डिग्री सेल्सियससम्म हुने गर्छ । वैज्ञानिकहरुका अनुसार यो ठाउँमा दस लाख वर्ष पानी परेको छैन ।
३.सन्तरी रंग
दक्षिण अमेरिकाको कोलोराडो स्थित पठारी इलाकामा रहेको सन्तरी रंग नामक चट्टान पनि मंगल ग्रह जस्तै रहेको वैज्ञानिकहरुले बताएका छन् । यहाँका केहि भागहरु ऋसाध्यै पुरानो युगका रहेका छन् । अमेरिकाको यूटा सुबेमा पर्ने यो क्षेत्र अन्तरिक्षसँग जोडिने काममा मात्र प्रयोगमा आउने गरेको छ ।
४.केनरी आईल्याण्ड्स
तीस लाख वर्ष पहिला एक ज्वालामुखी बिस्फोटबाट निर्माण भएको स्पेनको केनरी आईल्यण्ड्स पनि मंगल ग्रह जस्तै देखिन्छ । यो ठाउँको उचाई ३ हजार ७ सय १८ मिटर रहेको छ । यसको आसपास ज्वालामुखिको लाभाबाट बनेका धेरै गुफाहरु रहेका छन् ।
वैज्ञानिकहरुका अनुसार मंगल ग्रहमा भएकै जस्तै गुफाहरु यो ठाउँमा पनि रहेका छन् । त्यसैले वैज्ञानिकहरुले यो ठाउँलाई धर्तीको मंगलग्रह पनि भन्ने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया