म्यान्चेष्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश

एजेन्सी । पोर्ट भेललाई हराउँदै म्यान्चेष्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा सिटीले ईङ्ल्याण्डको चौथो डिभिजनको क्लब पोर्ट भेललाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

अलेक्सान्डर जिन्चोन्कोले २० औ मिनेटमा सिटीलाई अग्रता दिलाएका थिए । तर ३५ औ मिनेटमा टोम पोपीले गोल गर्दै खेल बराबरीमा ल्याए ।

सर्जियो अग्युरोले ४२ औ मिनेटमा गोल गर्दै सिटीलाई पुन अग्रता दिलाए । टेलर हारवुडले ५८ औ मिनेटमागोल गर्दै सिटीलाई ३–१ ले अघि बढाए । फोडिनले ७६ औ मिनेटमा गोल गर्दै सिटीलाई फराकिलो जित दिलाए ।

सिटीले अब कारबाओ कपको सेमिफाईनलको पहिलो लेगमा मंगलबार म्यान्चेष्टर युनाईटेडसँग भिड्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?