राष्ट्र बैंकको नयाँ नियम थाहा पाउनुभयो ? ऋण लिँदा अनिवार्य प्यान !

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेहरुका लागि नेपाल राष्ट्र बैंकले नयाँ नियम ल्याएको छ । जस अनुसार कर कार्यालयमा कर बुझाएको वित्तीय विवरण तथा अन्य क्षेत्रमा विवरणहरु एउटै हुनुपर्नेछ । अन्यथा वित्तीय विवरण फरक पर्न गएमा ऋण सुविधा उपलब्ध नहुने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै बैंकहरुले आफू दर्ता भएको कर कार्यालयबाट युजरनेम तथा पासवर्ड लिने साथै त्यसलाई कार्यालको सिस्टमभित्र गर्नुपर्दछ । त्यसबाट सम्बन्धित ऋणीले कर कार्यालयमा पेश गर्नुपर्ने आवस्यक वित्तीय विवरणहरु प्रा गर्न सकिने व्यवस्था रहेको छ ।

साथै बैंकले नयाँ नियमको लागि शुक्रवार एक सर्कुलर जारी गरेको थियो । जसमा व्यवसायीक ऋण प्रवाह गर्दा आन्तरिक राजस्व विभागको एकिकृत ऋण प्रणालीमा समावेश गरिएको ऋण लिन चाहने व्यक्तिले भर्नुपर्ने वित्तीय विवरणसँग सम्बन्धित सूचना साथै त्यसको विवरणमा आधारमा स्वीकृत ऋण रकम र मिति अनिवार्य रुपमा समावेश गर्नुपर्ने व्यवस्था रहेको छ ।

यस भन्दा अघि कुनैपनि ऋणीले १ करोड रुपैयाँसम्म ऋण लिँदा अनिवार्य प्यानमा दर्ता गर्नुपर्ने व्यवस्था रहेको थियो । तर राष्ट्र बैंकको नयाँ नियम अनुसार ५० लाखसम्म ऋण लिँदा अनिवार्य प्यान लिनुपर्ने भएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ राष्ट्र बैंकले जारी गरेको सूचना

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/01/NRB-For-Lone-1.pdf” title=”NRB For Lone (1)”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?