अष्ट्रेलियामा जनताले मिलाएनन् प्रधानमन्त्रीसँग हात, उल्टै मुर्ख भनेर गाली गरे

एजेन्सी । कुनै पनि देशको प्रधानमन्त्रीको पद धेरै नै ठूलो मानिन्छ । मानिसहरु आफ्नो देशको प्रधानमन्त्रीको एकदमै इज्जत गर्ने गर्छन् । तर एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

दक्षिण पूर्व अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनसँग हात मिलाउन इन्कार गरेका छन् । यो भिडियो अहिले काफी भाइरल भईरहेको छ ।

गत ४ महिना यता दक्षिण पूर्व अष्ट्रेलियाको जंगलमा भीषण आगो लागेको छ । सरकार आगो नियन्त्रण गर्न असफल भइरहेको छ ।

सेप्टेम्बर २०१९ मा लागेको आगोमा परेर १२ सय भन्दा धेरै घर जलेर नष्ट भएका छन् । साथै १८ जनाको मृत्यु भएको छ । त्यसैले त्यहाँका मानिस सरकारसँग रुष्ट छन् ।

जब प्रधानमन्त्री स्कट मोसिरन हालखबर बुझ्न त्यहाँ गए तब त्यहाँका मानिसहरुले प्रधानमन्त्रीसँग हात मिलाउन पनि इन्कार गरे ।

साथै त्यहाँका मानिसहरुले प्रधानमन्त्रीलाई मूर्ख भनेर सम्बोधन गरे । प्रधानमन्त्री मोरिसन त्यहाँका मानिसहरुसँग लामो समयपछि मिल्न गएका थिए ।

यसबीचमा एक फायर फाइटर्सले उनीसँग हात मिलाउन इन्कार गरेका हुन् । भाइरल भईरहेको उक्त भिडियोमा फाइटर्सले म तपाईसँग हात मिलाउँदिन भनिरहेका छन् ।

तर भिडियोमा मोरिसनले भने तपाईँसँग भेटेर मलाई खुसी लाग्यो भन्ने प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?