फेसबुकबाट टाढिँदै युवा: अधबैंसे फेक आईडी खोल्दै रमाउँदै, २ अर्ब आईडी फेक

एजेन्सी । फेसबुकको उपयोगबारे थाहा पाउनु निकै जटिल काम हो । तर सामाजिक सञ्जाल फेसबुकबाट टिनएजर र युवा टाढिँदै गएको एक अनुसन्धानबाट पुष्टि भएको छ । कन्सल्टेन्सी ईमार्केटरका अनुसार ६० वर्षका बृद्धको तुलनामा १६ वर्षीयले फेसबुकलाई कम मन पराउन थालेका छन् । अझ रोचक कुरा त के छ भने २ अर्ब फर्जी प्रोफाइल छ फेसबुकमा ।

सन् २००३ मा मार्क जुकरबर्गले हार्वर्डमा आफ्नो कक्षाका साथीहरुको आकर्षित गर्नसक्ने क्षमताको र्याङ्किङ्ग गर्नका लागि एक वेभ साइट फेसमास डटकम बनाएका थिए । तर, कलेजले त्यसलाई डिलीट गरिदिएको थियो ।
१९ वर्षीय मार्कले त्यसपछि फेसबुक ल्याएका थिए । सन् २००६ मा यसका १ करोड प्रयोगकर्ता थिए । यसलाई विद्यार्थीको नेटवर्किङ साइटका रुपमा चिनिन्थ्यो । अहिले फेसबुकका २ अर्बभन्दा बढी प्रयोगकर्ता रहेका छन् ।

तर, पछिल्लो समय टिनएजर र युवा फेसबुकबाट टाढिन थालेका छन् ।

किन टाढिँदै छन् त युवा ?

युवाहरुको स्वभाव अलिक विद्रोही हुन्छ । उनीहरु आफूले भनेजस्तै हुनुपर्ने अडानमा पनि छन् ।
कयौँ टिनएजर यस्ता हुन्छन्, जो आफ्नो परिवारका सदस्यसँग नेटवर्क शेयर गर्न चाहँदैनन् ।
स्न्यापच्याट र इन्सटाग्राम अनि ह्वाट्सएपमा टिनएजरहरु तस्विर र रोचक स्टोरीहरु र मनपर्ने क्षण सेयर गर्न पाउँछन् ।
फेसबुकको अलिबढी ‘फोकस’ समाचार, सन्देश, भिडियो, विज्ञापनमा छ ।

विश्वको सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सोसल मिडिया साइट फेसबुकका प्रयोगकर्ताहरुले आधिकारिक समाचारको लागि फेसबुकको विकल्प खोज्न थालेको देखिएको छ । एक अध्ययनका अनुसार समाचार स्रोतहरुका लागि फेसबुकजस्ता सोसल मिडिया प्रयोगकर्ताहरु क्रमशः ह्वाट्सएप जस्ता मेसेजिंग एपको प्रयोग गर्न थालेका छन् ।

रोयटर्स इन्स्टिच्यूटले विश्वका ५ महादेशका ३७ वटा देशमा अध्ययन गरी यस विषयमा प्रतिवेदन तयार गरेको छ । रिपोर्ट अनुसार, समाचार थाहा पाउनका लागि सोसल मिडियाको भर पर्ने अमेरिकीहरुको संख्यामा ६ प्रतिशतले गिरवाट आएको छ ।

बीबीसी न्यूज वेबसाइटका संस्थापक संस्थापक मध्येका एक निक न्यूम्यानका अनुसार फेसबुकमा समाचार शेयर गर्ने, पोष्ट गर्ने तथा पत्ता लगाउने कार्यमै कमी आएसँगै यसबाट समाचार थाहा पाउनेको संख्या पनि घटेको हो । प्रयोगकर्ताले फेसबुकमाथि विश्वास गर्न छाड्ने क्रम बढेको र फेसबुक प्रयोगकर्ताहरुले ह्वाट्सएप, इन्स्टाग्राम लगायतका एपहरुमा धेरै समय बिताउन थालेको अध्ययनले देखाएको छ ।

करोडौँ प्रयोगकर्ताका डाटाहरु चोरी भएको घटना सार्वजनिक भएपछि फेसबुकले पछिल्लो समयमा प्रयोगकर्ताको आलोचना र अविश्वास खेपिरहनु परेको छ ।


एक अध्ययन अनुसार मलेसियामा ५४ प्रतिशत मानिसले ह्वाट्सएपलाई समाचारको श्रोतको रुपमा प्रयोग गर्ने  गरेको पाइएको छ । त्यस्तै ब्राजिलमा ४८ प्रतिशत, स्पेनमा ३६ प्रतिशत र टर्कीमा ३० प्रतिशत मानिसले ह्वाट्सएपलाई समाचारका लागि पनि प्रयोग गर्ने गरेको पाइएको छ ।

अध्ययनअनुसार धेरैजसो फेक आईडी खोल्नेमा यूवाभन्दा अधबैंसे बढी देखिएका छन् ।
अपरिचितसँग फ्रेन्डसिप गरी नयाँ साईनो गाँस्न, भेट्न, गफिन डेट गर्न, जिस्किन र समय बिताउन उनीहरुको रुची बढी देखिएको हो । आफ्नो पारिवारीक सम्बन्धमा पनि फेसबुकको कारण समस्या नआओस् भन्ने उनीहरुको चाहनाले तिनले यसो गरेको अध्ययनमा प्राप्त जवाफबाट थाहा भएको थियो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?