नेको इन्सुरेन्सको हकप्रद सेयर बिक्रीमा ल्याउने

काठमाडौं, ८ माघ । नेको इन्सुरेन्सले दुई बराबर एकको अनुपातमा यही माघ २६ गतेदेखि हकप्रद सेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरका ३९ करोड २० लाख रुपैयाँ बराबरको ३९ लाख २० हजार ९२८ कित्ता सेयर बिक्री गर्ने भएको छ कम्पनीले निष्कासन गरेको हकप्रदमा माघ ८ गतेसम्म कायम सेयरधनीहरुले आगामी चैत्र १ गतेसम्म आवेदन गर्न पाउनेछन् कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ इन्सुरेन्सका सेयरधनीले एनएमबि क्यापिटल, एनएमबि बैंकका सबै शाखा कार्यालय तथा आस्वा सेवा प्राप्त जुनसुकै बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट हकप्रद सेयरका लागि आवेदन गर्न पाउने छन् हाल कम्पनीको चुक्ता पूँजी ७८ करोड ४१ लाख ८५ हजार रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब १७ करोड ६२ लाख ७८ हजार रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?