एजेन्सी । ब्ल्याकहोल सम्बन्धि वैज्ञानिकहरुले अचम्मका अनुसन्धान गरिरहेका छन् । यसै सम्बन्धी वैज्ञानिकहरुले अहिले नयाँ कुरा पत्ता लगाएका छन् ।
वैज्ञानिकहरुले अब छिटै नै ताराहरुको चमक सकिएर जाने दाबी गरेका छन् । साथै आकाशमा पुरै अध्याँरो हुने छ । किनभने आकाशमा ब्ल्याकहोलको आकार बढ्दै गईरहेको छ ।
अष्ट्रेलियन नेशनल युनिभर्सिटीका वैज्ञानिकहरुका अनुसार एउटा नयाँ ब्ल्याकहोल फेला परेको छ । जुन व्रह्माण्डको एक विशाल खगोल पिण्ड हो । यो पिण्ड यति धेरै ठूलो छ कि,दोश्रो खगोल पिण्डलाई निल्न सक्ने क्षमता राख्छ ।
ब्ल्याकहोलबाट निस्किएको उर्जाको धेरै भाग परावेंगनी किरणबाट निस्किँदै छ । साथै यसमा एक्सरे किरण पनि निस्किने तयारिमा छ ।
वैज्ञानिकहरुले यो विषयलाई लिएर गम्भीर चिन्ताको विषय भएको बताएका छन् । वैज्ञानिकहरुका अनुसार यदि यो ब्ल्याकहोल आकाश र पृथ्वीको नजिक आयो भने, पृथ्वीमा रहेका जीवजन्तुहरुको जीवन समाप्त हुन्छ ।
यसबाट निस्किने विषयुक्त ग्याँसका कारण पृथ्वी बस्न योग्य रहँदैन् । यसै सिलसिलामा १२० वर्ष भन्दा अगाडि देखि भईरहेको रिसर्चका आधारमा ब्ल्याकहोलको आकार प्रत्येक १० वर्षमा १ प्रतिशतले बढ्ने गरेको छ ।
तर नयाँ फेला परेको ब्ल्याकहोलको क्षमता भने अन्य ब्ल्याहोलको चन्दा तीब्र रहेको छ । जसका कारण चाँडै नै आकाशमा रहेका ताराहरुको चमकता नाश हुँदै छ ।
यो ब्ल्याकहोल यति ठूलो छ कि,यसमा सबै आकाश अटाउन सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया