चलचित्र ‘हुर्रे’को दोस्रो गीत सार्वजनिक, नीताको हट आइटम डान्स

काठमाडौं, ८ माघ । नेपाली चलचित्र ‘हुर्रे’को नयाँ गीत सार्वजनिक भएको छ । यसअघि सार्वजनिक गरिएको ‘ठेकीमा दही’ बोलको गीतमालाई सबैले मन पराए पछि निर्माण यूनिटले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर ‘बाँचे नी पशुपति मरे नी पशुपति’ बोलको दोस्रो गीत सार्वजनिक गरेको हो फागुन २५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘हुर्रे’मा समावेश ‘पशुपति’ बोलको गीतमा नीताढुंगानाले आइटम नृत्य गरेकी छिन् । नीतालाई यति बोल्ड अवतारमा दर्शकले पहिलो पटक देखेका हुन् यम थापाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा केकी अधिकारी, अंकित खड्का, अनुपविक्रम शाही, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ कार्यक्रममा उपस्थित नीताले गीत मन परेकाले आफूले काम गरेको बताइन् झुमा लिम्बु र कालिप्रसाद बाँस्कोटाको स्वर रहेको गीतमा एकतारेको शब्द, कालिप्रसादकै संगीत रहेको छ https://youtu.be/7bZjXAmtDj0 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?